दफा १६
पुल दरबन्दी कायम हुने
(१) दफा ७ को उपदफा (९) बमोजिम नेपाल प्रहरीको स्विकृत दरबन्दीमा समायोजन भई बाँकी रहेका प्रहरी कर्मचारी स्वतः जगेडामा पर्नेछन् र त्यस्ता कर्मचारीको दरबन्दी प्रहरी प्रधान कार्यालयको पुल दरबन्दीमा कायम रहेको मानिनेछ।
(२) उपदफा (१) बमोजिम पुल दरबन्दीमा रहेका प्रहरी कर्मचारीलाई प्रदेश प्रहरीमा खटाइएको अवस्थामा बाहेक त्यस्तो प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले मातहतको कार्यालयमा खटाई कामकाज गराउनेछ ।
(३) उपदफा (१) बमोजिम पुल दरबन्दीमा रहेको प्रहरी कर्मचारी माथिल्लो पदमा बढुवा भएमा, नेपाल प्रहरीको रिक्त दरबन्दीको पदमा सरुवा भएमा वा कुनै कारणले सेवामा नरहेमा त्यस्तो दरबन्दी स्वतः खारेज हुनेछ।
(४) यस दफा बमोजिम पुल दरबन्दीमा रहेको प्रहरी कर्मचारी सङ्घीय कानून बमोजिम नेपाल प्रहरीको माथिल्लो पदमा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुनेछन्।